जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा छविलाल जोशीको बयान सुरु

काठमाडौँ – सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मङ्गलवार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ ।

रुपन्देहीको सुपरिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा .लि मार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान सुरु गरेको हो ।

उहाँलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेम राज पौडेल, इलाका प्रहरी कार्यालय बुटवल डिएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भइरहेको छ । बुटवलको सुपरिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की प्रहरीले अनुसन्धानका लागि बयान लिन रुपन्देहीमा पठाएको हो । उहाँको बयान सकेर आज या भोलि कास्की पठाउने तयारी छ ।

६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उहाँलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।

वचत रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाही आफूहरूको प्रमुख माग रहेको उनीहरुले बताएका छन् ।  सहकारी रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया मार्फत भएको सहकारीको रकम अपचलनमा जीवी राई, रवि लामिछाने, कुमार रम्तेलसँगै जोशीलाई पनि कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।

उहाँ गोर्खा मिडिया प्रा .लिका पूर्व सञ्चालक मध्येका एक हुनुहुन्छ । सुप्रिमका १ हजार ८ सय ३१ बचतकर्ताले सहकारीका पूर्व अध्यक्ष राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । ती उजुरीहरूको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.