सरकारको खर्च ३ खर्ब ४३ अर्ब, आम्दानी २ खर्ब ५७ अर्ब मात्रै

काठमाडौं – चालू आर्थिक वर्षको कात्तिकको पहिलो साता सम्ममा सरकारले १८.४८ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले कात्तिकको ६ गतेसम्ममा यस्तो अवस्था देखिएको हो ।
आर्थिक वर्ष २०८१–८२ का लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये हालसम्म १८.४८ प्रतिशत अर्थात् ३ खर्ब ४२ अर्ब रुपैयाा खर्च भएको छ ।
सो अवधिमा सरकारले चालू खर्चका लागि छुट्याएको बजेटको २०.९४ प्रतिशत रकम खर्च गरेको छ । सरकारले चालू खर्चका लागि भनेर यस आर्थिक वर्षमा ११ खर्ब ४० अर्ब रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये हालसम्म २ खर्ब ३७ अर्ब रुपैयाँ खर्च भएको छ ।
चालू खर्च उल्लेख्य भएको भएतापनि ३ महिनाभन्दा बढी समयमा पुँजीगत खर्च भने ८.४४ प्रतिशत मात्रै भएको छ । चालू आर्थिक वर्षमा पुँजीगत शिर्षकमा ३ खर्ब ५२ अर्ब विनियोजन भएको थियो । त्यसमध्ये, हालसम्म २९ अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।
आम्दानी २ खर्ब ५७ अर्ब
सो अवधिमा सरकारले लक्ष्यको १८.१५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये, हालसम्म २ खर्ब ५४ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।
हालसम्ममा कर राजस्व मार्फत् २ खर्ब २५ अर्ब रुपैयाँ र गैर कर राजस्व मार्फत् २८ अर्ब रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा जनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्