कोलाज लेख शिक्षक इन्द्र तामाङको आत्मकथा अमेरिकामा लोकार्पण

काठमाडौँ- फोटो तथा कोलाज लेख शिक्षक इन्द्र तामाङको आत्मकथा लोकार्पण गरिएको छ ।
अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा आयोजित एक कार्यक्रममा तामाङको आत्मकथा ‘माई क्युरियस इअर्स चाल्र्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी. तामाङ’ सार्वजनिक गरिएको हो ।
मकवानपुर फाखेलमा जन्मेर हुर्केका तामाङ, चर्चित अमेरिकी चलचित्रकर्मी तथा साहित्यकार चाल्र्स हेनरी फोर्डको सहयोगी भई ५० वर्ष अघि अमेरिका जानु भएको थियो ।
हेनरी फोर्ड विश्वमै कला साहित्यमा यथार्थवादका प्रणेताका रुपमा चिनिनुहुन्छ ।
कार्यक्रममा  तामाङले आफुले अमेरिकामा रहेर नेपाललाई फोटोग्राफी  र कोलाज लेखमा चिनाउन सकेकोमा सन्तोष व्यक्त गर्नुभयो ।
 लेखककी छोरी जिना तामाङले बुबाको मेहनेत, इमान्दारिता र लगनशिलताका कारण आज आफु र परिवारको परिचय फराकिलो बनेको बताउनुभयो ।
आत्मकथामा चाल्र्स र रुथफ़ोर्डसँगका काम र अनुभुतिहरूलाई विभिन्न खण्डमा सममेटिएका छन् ।
लेखक तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा तामाङ साँस्कृतिक तथा बुद्धिस्ट सेन्टरका संयोजक हुनुहुन्छ ।
पुस्तक अमाजोनबाट संसारभर पढ्न सकिने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.