दानमा भवन बनाउन असहमति राख्ने तीन नेतालाई एमालेलको स्पष्टीकरण पत्र  

काठमाडौँ-  नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका सम्बन्धमा पार्टीको निर्णयभन्दा फरक धारणा राखेको भन्दै तीन जना नेताहरुलाई एमालेले आज सात दिने स्पष्टीकरण पत्र पठाएको छ ।

एमालेले पार्टी केन्द्रीय भवन निर्माण र भवनको लागि जग्गा व्यवसायी एवम् भाटभटेनीका संचालक मिनबहादुर गुरुङ्गबाट दान स्वीकार गरेको विषयमा एमालेले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले सामाजिक संजाल मार्फत दानमा पार्टी भवन स्वीकार गर्न नहुने भन्दै असन्तुष्टि सार्वजनिक गर्नु भएको थियो ।

पार्टी कार्यालय निर्माणमा व्यासायीबाट दान लिने विषयले आम एमाले कार्यकर्ता मतदाताहरुको अपमान भएको उहाँहरुको भनाइ थियो ।

सामाजिक संजालमा उहाँहरुले राख्नु भएको धारणा पार्टीको नीति र हित विपरित भएको भन्दै एमालेले कारवाहीका लागि उहाँहरुलाई सात दिन भित्र जवाफ माग गर्दै स्पष्टीकरण पत्र पठाएको हो ।

पार्टी अध्यक्षबाट शिलान्यास गरिएको पार्टी कार्यालय भवन र जग्गा प्राप्तिका सन्दर्भमा पार्टीको संस्थागत निर्णय विपरित सामाजिक सञ्जालमार्फत् तपाईँले दिनु भएको अभिव्यक्तिले नेकपा (एमाले)को विधान २०४९ (२०७८ संशोधनसहित)को धारा ८० को उपधारा ३ को उल्लङ्घन गरेको र पार्टीको प्रतिष्ठा मर्यादामा आँच पुऱ्याउने देखिएकोले पार्टी केन्द्रीय सचिवालयको ३९ औँ बैठकको निर्णयअनुसार तपाईँलाई सोही विधानको धारा ८१ बमोजिमको कारबाही किन गर्नु नपर्ने हो ? सोको आधार र कारणसहित सात (७) दिनभित्र स्पष्टीकरण पेस गर्न अनुरोध छ । स्पष्टीकरण पत्रमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.