विपद् व्यवस्थापन न्यूनीकरणमा नयाँ प्रविधिको विकास गर्दै युवाहरू

धुलिखेल – इन्जिनियरिङ विधामा अध्ययनरत युवाहरूले बहुप्रकोपिय विपद् व्यवस्थापनमा प्रयोग हुने सफ्टवेयर र हार्डवेयर विकास गरेका हुन् ।

बहुप्रकोपिय विपद् व्यवस्थापनमा विभिन्न जटिलताहरू आउने गरेको र व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थामा युवाहरूले स्थानीय साधन र स्रोत प्रयोग गरी गर्न सकिने प्रविधिको विकास गरेका हुन् । स्टार्ट नेटवर्कको सक्रियतामा आयोजना गरिएको फोरवार्न डिजास्टर ह्याकथनमा सहभागी युवाहरूले विपद् पूर्व, विपद् प्रतिकार्य र विपद्पछिको पुनः स्थापनामा प्रयोग गरिने सफ्टवेयर विकास गरेका हुन् । त्यसमा विपद्पूर्वक अवस्था विश्लेषण, विपद् प्रतिकार्य, जनस्वास्थ्य, खोज तथा उद्धार, पोषण साथै पुनः स्थापनामा गरिने कार्यहरूमा आर्टिफिसियल इन्टेलीजेन्सको प्रयोग गरी सफ्टवेयर निर्माण गरेका हुन् । आर्टिफिसियल इन्टेलीजेन्सको प्रयोग गरी बनाइएको सफ्टवेयर, एप्लीकेसन विपद् व्यवस्थापनका लागि प्रभावकारी हुने भएकाले तत्काल विपद् प्रतिकार्य भई जोखिम न्यूनीकरण गर्न सहज हुने विश्वास गरिएको छ ।

आईतवार देखि मङ्गलवार सम्म धुलिखेलमा आयोजना गरिएको ह्याकथनमा देशभरबाट छानिएका ७ वटा समूहले विपद् व्यवस्थापनका लागि बनाएको प्रविधिको विस्तृत प्रस्तुत गरेका थिए । ह्याकथनलाई नेतृत्व र मोनिटरिङ गर्नुभएका इन्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका निर्देशक डाक्टर वसन्तराज अधिकारीले आर्टिफिसियल इन्टेलीजेन्सको अधिकतम प्रयोग गरी विकास गरिएको युवाहरूको आविष्कारले विपद् जोखिम न्यूनीकरण कार्यलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । ह्याकथनले युवाहरूलाई समूहमा कार्य गर्न प्रोत्साहन गर्ने र नवीन सोचहरूलाई परिपक्व बनाउन सहयोग गर्ने भएकाले आविष्कारमा चासो राख्नेहरूलाई पनि महत्त्वपूर्ण अवसर हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फोरवार्न डिजास्टर ह्याकथन यो डिजास्टरमा नयाँ इनोभेटिभ टुल्स टेक्निस मोडलहरु डेभलप गर्नको लागि गरिएको एउटा प्रयास हो । योडिजास्टर ह्याकथनका विभिन्न चरणहरू, विभिन्न प्रकारका कामहरू हुँदाहुँदै पनि यसमा हामीले नेपालभरका यूथहरूलाई बोलाएर आफ्ना—आफ्ना कन्सेप्टहरू प्रेजेन्ट गर्न लगायौँ । १३६ जना पार्टीसिपेटहरुले आफ्नो कन्सेप्टहरू पठाउनुभएको थियो । त्यसबाट हामीले मेण्टरभाइजरहरुले यसलाई सेलेक्शन गरेका हौँ यसमा सहभागीहरूले आफ्नो कन्सेप्टलाई मेण्टरहरुसँग मिलेर त्यसलाई अझ परिस्कृत गर्दै लैजाने हुन्छ ।’

मुलुकभरका १ सय ३६ जना युवाहरूबाट छानिएका ७ वटा नवीन आविश्कारहरुलाई विपद् व्यवस्थापनमा काम गर्दे आएका विज्ञहरूले मेन्टरिङ गरिरहेका छन् । ७ वटा नवीन आविष्कार मध्येबाट प्रथम विजेतालाई एक लाख, दोस्रोलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.