इस्माले क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बीपी पार्क’ निर्माण गर्दै

गुल्मी- गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले क्रिकेट खेल मैदानसहितको ‘जैढुंगा बीपी पार्क’ निर्माण गर्न लागेको छ । पालिकाभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले छल्दी खोलामा पार्क निर्माण गर्न लागेको हो ।

जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर–१ र वडानम्बर- २ को संगमस्थल छल्दी खोलामा क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बीपी पार्क’ निर्माण हुन लागेको छ । इस्मा गाउँपालिकाले खेल क्षेत्रको विकास गर्नसँगै पर्यटकीय गन्तव्य बनाउनको लागि पार्क निर्माण गर्न लागेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।

छल्दी खोलाको किनारमा निर्माण हुन लागेको खेल मैदानसहितको पार्क जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य पालिकाले लिएको छ । छल्दी खोलामा क्रिकेट खेल मैदान सहितको ‘जैढुंगा बीपी पार्क’ निर्माण हुन थालेसँगै स्थानीय नागरिकले यसले जिविकोपार्जनका लागि मद्दत गर्ने स्थानीय मानसिंह चुदराले बताउनुभयो ।

उहाँले गाउँ टोलमै यति ठूलो खेल मैदान र पार्क निर्माण हुनु सुखद पक्ष रहेको बताउनुभयो । पार्क तथा खेल मैदान ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । छल्दी खोला किनारमा रहेको सार्वजनिक जग्गालाई खेल मैदान र पार्क निर्माण कार्य अगाडी बढाइएको हो ।

पार्क निर्माण कार्यले सानो व्यवसाय गरेर पनि जिविकोपार्जन गर्न सकिने स्थानीय हिराबहादुर अधिकारीले बताउनुभयो । ठूला ठूला खेल आयोजना हुँदा स्थानीयलाई धेरै राम्रो फाइदा हुने अपेक्षा उहाँले गर्नुभयो ।

अहिले पार्कको ग्राउण्ड मिलाउने, वालि निर्माण, घेराबारा निर्माणको काम सम्पन्न भएका छन् । पार्कमा खेल मैदान तयार गर्न दुबो रोप्न थालिएको छ ।

खेल मैदानसहितको पर्यटकीय पार्कले इस्मा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आनन्द लिने स्थलका रुपमा विकास हुने गाउँपालिकाका अध्यक्ष खड्काले बताउनुभयो ।

यसले इस्मा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने अपेक्षा पालिकाले लिएको बताउनुभयो । यो खेल मैदान र पार्क राजमार्गको छेउमा रहेकाले चहलपहल धेरै बढने खड्काले बताउनुभयो ।

पार्कभित्र पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्लेजोन, पिकनिक स्पोर्ट, सुइमिङ्ग, बिचबिचमा पैदलमा मार्ग शौचालय, टिकट काउन्टर, पार्किङ्ग, निर्माण गरिने भएको छ । क्रिकेट खेल मैदान सहितको पार्कले जिल्लाका विभिन्न ६ वटा स्थानीय तहको प्रमुख गनतव्यका रुपमा विकास गर्ने लक्ष्य इस्मा गाउँपालिकाले लिइएको छ ।

पार्क निर्माणका लागि गाउँपालिकाले पहिलो चरणमा १ करोड २५ लाखको लागतमा विभिन्न संरचना निर्माणको लागि काम गर्दै आइरहेको छ । थप संरचना निर्माणको लागि पनि रकम बिनियोजन गरिने पालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.