अम्बर गुरूंग स्मृति गीत, सङ्गीत र गायन पुरस्कार घोषणा

काठमाडौँ – लभ एन्ड सपोर्ट फाउन्डेसनले यस वर्षको ‘अम्बर गुरूंग स्मृति गीत, सङ्गीत र गायन पुरस्कारको घोषणा गरेको छ ।

फाउन्डेसनले यस वर्ष सङ्गीततर्फ प्रतिष्ठित गायक तथा सङ्गीतकार सिलीगुड़ी निवासी अशोक राईलाई पुरस्कार प्रदान गर्ने भएको छ । त्यस्तै गरी गीततर्फ काठमाडौँ निवासी प्रसिद्ध गीतकार तथा कवि दिनेश अधिकारीलाई पुरस्कृत गर्ने भएको छ ।

गायन तर्फ अमेरिकावासी समाजसेवी युवा गायक अर्जुन रसाइलीलाई पुरस्कार प्रदान गरिने भएको छ ।

गैर नाफामूलक सामाजिक संस्था लभ एन्ड सपोर्ट फाउन्डेसनको सहयोग तथा अम्बर गुरूंग सालिक निर्माण तथा संरक्षण समिति मिरिकको पहलमा गत वर्ष नेपाली आधुनिक सङ्गीतका शिखर पुरुष अम्बर गुरूंगको सालिक मिरिक महकुमा अन्तर्गत टिङलिङ चियावरी भ्यू पोइन्टमा स्थापना गरिएको छ ।

सालिक स्थापनाको प्रथम वार्षिकोत्सव विशेष साङ्गीतिक कार्यक्रमका साथ मनाउने तयारी गरिएको छ।

सोही कार्यक्रममा नेपाली,गीत सङ्गीत क्षेत्रमा लामो समयदेखि समर्पित पुस्कृत व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिने जानकारी लभ एन्ड सपोर्ट फाउन्डेसन नेपालका सचिव श्री आनन्द राईले दिनु भएको छ ।

पुरस्कारको राशि भारतीय रुपैयाँ ५१,००० हजार, ताम्र पत्र र ट्रफी रहेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.