प्रधानमन्त्रीले आज सय दिने प्रगति विवरण सार्वजनिक गर्ने

नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगति विवरण आज सार्वजनिक गर्नुहुने भएको छ । गत असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आज दिउँसो साढे २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट १०० दिने उपलब्धि सार्वजनिक गर्न लाग्नुभएको हो ।

ओली सरकारका सबै मन्त्रीले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेको बताएका छन् । एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली कांग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.