बुधबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान बनाएको छ ।

हिजोको तुलनामा आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ मा कारोबार भईरहेको छ । मंगलबार उक्त सुन प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँ बढ्दै २ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.