डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बिचमा मतभेद छैन: मन्त्री खड्का

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका बिचमा मतभेद नभएको बताउनुभएको छ ।

बुधवार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत् प्राधिकरणका बिचमा कुनै मतभेद नभएको स्पष्ट पार्नुभएको हो । उहाँले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस विषयमा मन्त्रालय र प्राधिकरणका बिचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग पनि निरन्तर छलफल गरिरहेको बताउनु भयो । उहाँले उद्योगीहरूले विद्युत् उपभोग गरेको कुराको प्रमाण जुटाउने काम पनि भइरहेको बताउनु भयो ।

सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्ने कुरा हास्यास्पद रहेको बताउनु भयो । उहाँले सरकारले घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महसुस नगरेको बताउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.