सहकारी प्रकरणमा रविलाई आफुहरुले क्लिन चिट दिएको छैन: पूर्व उप प्रधानमन्त्री श्रेष्ठ

विराटनगर – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट नदिएको बताउनु भएको छ ।

विराटनगरमा संचारकर्मीहरुसंगको प्रतिक्रियामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफुहरुले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहित कारवाही हुनुपर्ने जिकिर गरेको जानकारी दिनुभयो ।

उहाँले सहकारी प्रकरणमा सत्तारुढ दलका नेताहरुलाई छोड्ने र रवि लामिछानेलाई मात्र कारवाहीको दायरामा ल्याउनु भेदभाव देखिएको टिप्पणी गर्दै गलत गर्ने जतिसुकै ठुलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने तर्क गर्नुभयो ।

एक अर्को प्रश्नको जवाफमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले आफुहरुले आन्दोलन भन्दा पनि खबरदारी गर्न कार्यक्रम गरेको जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.