चीन बाट दुई सय भन्दा बढी भेडाच्याङ्ग्रा भित्रिए

रसुवा –चीन सँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी बाट भेडाच्याङ्ग्रा नेपाल भित्रिएका छन् ।
दीपावली तथा छड  पर्व नजिकिए सँगै चाड पर्व लक्षित गरी व्यापारीहरूले रसुवागढी नाका हुँदै भेडाच्याङ्ग्रा नेपाल भित्रिएका हुन् ।
दशैको समयमा चीन तर्फको बाटो पहिरोको कारण भेडाच्याङ्ग्रा ल्याउन नपाएका व्यापारीहरूले गोरेटो बाटो निमार्ण भए लगत्तै चीन बाट दुई सय भन्दा बढी भेडा च्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल ल्याइएको कालीका गाउँपालिका तीनका व्यापारी दिवाकर न्यौपानेले बताउनुभयो ।
विगतका वर्षभन्दा यो वर्ष पनि भेडा च्याङ्ग्राको मूल्य महँगिएकाले पाँच सय भन्दा बढी भेडाच्याङ्ग्राको माग गरिए पनि थोरै सङ्ख्यामा नेपाल भित्रिएको उहाँको भनाई छ ।
गत वर्षको तुलनामा यो वर्ष चीनमै तीन हजारदेखि तीन हजार पाँच सय सम्म बढी मूल्य परेको उनले बताए । नेपाल भित्रिएको प्रति भेडाच्याङ्ग्राको मूल्य तीस हजार देखि चालिस हजार सम्म मूल्य पर्ने उहाँ बताउनु  हुन्छ ।
लामो समय देखि व्यापार गर्दै  आउनु भएका न्यौपानेले  सुरुमा प्रतिभेडा तथा च्याङ्ग्रा सात सय रुपैयाँमा आउने गरेकोमा पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि कमी आएको बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.