बाढीपहिरोका कारण काभ्रेका १७९ वटा विद्यालयमा क्षति

काभ्रे- गत असोज ११ र १२ गते आएको अविरल वर्षा पछिको बाढीपहिरोका कारण काभ्रेका १७९ वटा विद्यालयमा क्षति पुगेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ काभ्रे जिल्लामा रहेका १३ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहका १७९ वटा विद्यालयमा क्षति पुगेको जानकारी दिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेका प्रमुख देवका ढकालले १३ पालिकामध्ये महाभारत बाहेक सबै १२ वटा स्थानीय तहका विद्यालयमा क्षति पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अझै पनि कतिपय विद्यालय छुटेको हुन सक्छ, आ–आफ्नो स्थानीय तहमा रहेका विद्यालयको तथ्याङ्क अद्यावधिक गर्न स्थानीय तहहरूलाई आग्रह गर्नुभयो ।

धेरैजसो विद्यालय पूर्ण रूपमा क्षति भएका छन् । केही विद्यालयमा छाना खस्ने, विद्यालयको घेरा पर्खाल, घेराबार, विद्यालय नजिक पहिरो आएको, केही विद्यालयको कक्षाकोठामा बाढी पसेको, खेलकुद मैदान क्षति, शौचालय र खानेपानीमा समेत क्षति पुगेको विवरण प्राप्त भएको शिक्षा इकाइ कार्यालयले जनाएको छ ।

जिल्लाको रोशी गाउँपालिकामा २९, चौरीदेउराली गाउँपालिकामा २८, बेथानचोक गाउँपालिकामा २६, धुलिखेल नगरपालिकामा १८, पनौती नगरपालिकामा १८, नमोबुद्ध नगरपालिकामा १४, पाँचखाल नगरपालिकामा १२, भुम्लु गाउँपालिकामा १०, मण्डनदेउपुर नगरपालिकामा ९, तेमाल गाउँपालिकामा ७, तथा खानीखोला गाउँपालिका नगरपालिकामा ४ र बनेपा ४ विद्यालयमा बाढीपहिरोका कारण क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.