राप्ती नदिमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

दाङ–दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका –२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लमही नगरपालिका –२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा–४ खडकपुर हाल लमही नगरपालिका –५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले बताउनु भयो ।

मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशा सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी रहेको जनाइएको छ । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.