रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी

रुपन्देही– पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहनुभएका लामिछाने सहित १२ जना माथि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट पक्राउ अनुमति पत्र जारी भको हो ।

जिल्ला अदालत रुपन्देहीले बिहीबार सभापति लामिछाने, पुर्व डिआईजी छविलाल जोशी सहित १२ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार ठगी र संगठित अपराधको कसुरमा पक्राउ पूर्जी जारी भएको छ ।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।

रास्वपा सभापति लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा रहनु भएको छ । गोर्खा मिडियाका अध्यक्ष जिवि राई बिरुद्ध यस अघि नै पक्राउ अनुमति पुर्जी जारी भईसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.