धादिङको धार्केदेखी काठमाण्डौको सितापाईलासम्म जोड्ने  सडक कालो पत्रे हुदैँ 

 

धादिङ –  २०५१ सालमा ट्रायाक खोलिएको धादिङको धार्के देखी काठमाण्डौको सितापाईलासम्म जोड्ने वैकल्पिक सडकको स्तर उन्नति सहित कालो पत्रेको काम  सुरु भएको छ ।

राजधानी प्रवेश गर्ने मुख्य  लाइफलाइन  त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको वैकल्पिक सडकको रूपमा खेलिएको उक्त सडक कालो पत्रे सम्पन्न भए पछि राजधानी काठमाण्डौसम्म आवत जावतमा निकै सहज हुने छ  भने राजधानी प्रवेशका लागी त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग निर्माणका क्रममा हुने सवारी जाम समेत केही कमी हुने विश्वास गरिएको छ ।

सडक  स्तर उन्नति सहित कालो पत्रे गर्ने काम २०७९ साल असारबाट सुरु गरेको हो । सडक कालो पत्रे गर्ने म्याद गत आर्थिक वर्षमा नै सकिए पछि पुन थपी काम सुरु गरेको  हो । चालु आर्थिक वर्षको अन्त्यसम्म सबै सडक काले पत्रे गरी सवारी सुचारु हुने धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताउनु भएको छ  ।

सडक स्तर उन्नति भयसँगै तराईका विभिन्न जिल्लाहरूबाट राजधानी प्रवेश गर्ने सवारीका साधनहरूका लागी सो सडक  त्रिभुवन राजपथको तुलनामा निकै छोटो पर्ने छ ।

धादिङको जीवनपुर ,छत्रे देउराली, लगायतका स्थानहरूमा उत्पादित कृषि उपजहरू  बजारसम्म ल्याउन सजिलो हुनुका साथै त्यस क्षेत्रका स्थानीयको आर्थिक उन्नतिमा समेत टेवा पुग्ने विश्वास रहेको छ ।

सो सडक दुई खण्डमा विभाजन गरी अहिले ४६ करोडको  लागतमा सडक विभागले  भीमेश्वर निर्माण सेवा र गोर्खा एप्रोपिरेड नामक निर्माण कम्पनीलाई  जिम्मा दिइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.