जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।

देवचुली नगरपालिका २ दुम्कौलीमा धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका सदस्य बिरामी भएका हुन् ।

बिरामी हुनेहरुमा धनमाया सहित रिदिमा राजवंशी, बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् ।

च्याउको तरकारी खाएका उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.