सुनको मूल्यमा पुनः नयाँ रेकर्ड

प्रतितोला एक लाख ६७ हजार चार सय

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रूपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो रेकर्डमा सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार भने सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रूपैयाँले बढ्दैदुई हजार ८५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.