जापानमा नयाँ नेतृत्व चयनका लागि आज आम निर्वाचन हुँदै

काठमाडौँ – जापानमा आज संसदीय निर्वाचन हुँदैछ ।

निर्धारित मितिभन्दा झण्डै एक वर्ष अघि नै निर्वाचन गर्न लागिएको हो । देशमा चर्किएको आर्थिक घोटाला र अशान्तिका बीच सत्तारुद्ध दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा वर्तमान प्रधानमन्त्री शिगेरु इसिबा चयन हुने बित्तिकै निर्वाचनको मिति घोषणा गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीका रुपमा शपथ लिनु अघि नै आमनिर्वाचनको घोषणा गर्नुभएको थियो ।

जापानमा सत्तारुढ दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । जापानमा दुबै सदनमा सत्तारुढ दल एलडीपीको बहुमत छ । यस्तो अवस्थामा पार्टी अध्यक्षमा निर्वाचित इसिबाको कार्यकाल सन् २०२५ जुलाईसम्म रहेको थियो ।

जापानको सत्तारुढ दलको लोकप्रियता पछिल्लो समय घटेको छ । पार्टीको नाम धेरै विवादमा जोडिएको छ । विवादका कारण वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले पदबाट राजीनामा दिनुपरेको थियो ।

नयाँ प्रधानमन्त्री इसिबा आफ्नो विद्यमान लोकप्रियतालाई कायम राख्न र पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले समयमै निर्वाचन गराउने पक्षमा जानु भएको हो ।

निर्वाचनमा सत्तारुढ गठबन्धन लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) र यसका साझेदारहरुले बहुमत कायम राख्न सक्ने अपेक्षा गरिएको छ ।

संसदको शक्तिशाली सदन हाउस अफ रिप्रेजेन्टेटिभमा ४६५ सिटका लागि एक हजार ३३८ उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेको जापानी सरकारी सञ्चार माध्याम एन. एच. के. ले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.