पाल्पामा म्याद गुज्रेको चामल बरामद

पाल्पा- जिल्ला अनुगमन समितिले पाल्पा सदरमुकाम तानसेन बजारमा गरेको अनुगमनको क्रममा ठूलो परिमाणमा म्याद गुज्रेको चामल बरामद गरेको छ ।

बजार अनुगमनको क्रममा ८३ बोरा प्रतिबोरा २० केजीका दरले १६ सय ४० किलोग्राम हुन आउने करिब १ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको चामल बरामद गरि नष्ट गरिएको हो ।

तानसेनका विभिन्न बजार क्षेत्रमा दुई दिन गरेको अनुगमनमा तानसेन नगरपालिका–३, स्थित पाण्डेय किराना पसलबाट म्याद गुज्रेको चामल बरामद पछि नष्ट गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका शाखा अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयो ।

पर्ल ब्रान्डको चामल २०८० माघदेखि ६ महिनामात्र म्याद रहेको भए पनि अहिले पनि बिक्रीका लागि राखिएको भेटिएपछि बरामद गरी नष्ट गरेको अनुगमन समितिका सदस्य मनोज घिमिरेले बताउनुभयो ।

तानसेनका विभिन्न पसलमा गरेको अनुगमनमा ललीपप, टाइगर बियर, बेसन, जिरा पाउडर, बेसारलगायतका सामग्रीको म्याद गुज्रेका भेटिएकाले बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.