चिलिमे त्रिशुली २२० केभि क्षमताको प्रशारण लाईनको परिक्षण आज बाट

रसुवा – नेपाल बिद्युत प्राधिकरणले निमार्ण गरेको चिलिमे त्रिशुली २२० केभि क्षमताको प्रशारण लाईनको परिक्षण आज बाट सुरु भएको छ ।

चिलिमे त्रिशुली २ सय २० केभि प्रशारण लाईन आजबाट चार वटा गु्रप बनाई टावरहरुमा परिक्षण थालिएकोे आयोजनाका प्रमुख शुभारभ्भ बिक्रम शाहले बताउनुभयो ।

जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर निमार्ण गर्दै प्रशारण लाईनका तारहरु ड्रोनले तानी जडान गरे लगत्तै टावरको परिक्षण सुरु गरिएको हो । दुई दिनसम्म टावरको परीक्षण गरि तेस्रो दिनदेखि लाईन चार्ज गरिनेछ ।

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न लागिएको हो ।

रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेत स्थित चिलिमे हब सब स्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसी स्थित त्रिशूली थ्रीबी हब सब स्टेसनसम्मको २८ किलोमिटरमा ७८ वटा टावर निमार्ण गरिएको छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ । दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.