जापानमा सत्तारुढ दल नेतृत्वको गठबन्धले संसदीय निर्वाचनमा गुमायो बहुमत

काठमाडौँ – जापानमा लामो समयसम्म सत्तामा रहेका गठबन्धनले बहुमत गुमाएको छ।

आइतबार सम्पन्न आम निर्वाचनबाट १५ वर्षदेखि जापानमा सरकार चलाइरहेको लिबरल डेमेक्र्याटिक पार्टी (एलडिपी) र कोमिइतोल पार्टीले बहुमत गुमाएको हो।

एलडिपीले यसपालि १९१ र कोमिइतोले २४ सिटमात्रै जिते। अघिल्लो आम निर्वाचनमा २८८ सिट जितेको गठबन्धन्ले यसपालि कुल २१५ सिट मात्रै जितेको छ। तल्लो सदन ४ सय ६५ सदस्यीय छ ।

सामान्य बहुमतका लागि कम्तिमा २३३ सिट आवश्यक रहनेमा सत्तागठबन्धन त्यसबाट १८ सिट पर छ । अघिल्लो आम निर्वाचनमा ९८ सिट जितेको कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टीले १ सय ४८ सिट जितेको छ ।

अघिल्लो पटक ४३ सिट जितेको निप्पोन इशिनले यसपालि ३८ सिट जित्यो। डेमोक्र्याटिक पार्टी फर दि पिपल (डिपिपी) ले २८ सिट र साना दलहरू रेइवा सिन्सेंगुमीले ९ सिट जित्दा कम्युनिस्ट पार्टी अफ जापानले आठ सिट जित्यो।

यद्यपि जापानमा चुनावअघि भएको एक्जिट पोलहरूले पनि सत्तारूढ गठबन्धनले बहुमत गुमाउने प्रक्षेपण गरेका थिए। निर्वाचनमा अहिलेसम्मकै धेरै ७३ जना महिला उम्मेदवार निर्वाचित भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.