भ्रष्टाचारका बारेमा शून्य सहनशीलता :गृहमन्त्री लेखक

काठमाण्डौं-  गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रस्ट रहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण-नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रस्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्ण रूपमा निर्मूल गर्न कानुन र विधयेकहरु प्रस्तुत भएको धारणा राख्नुभयो ।

“ प्रस्तुत विधेयक चाँडो भन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आउने अधिवेशनमा यो लाई पूर्णता दिने कुरामा समितिले काम गरिदे ओस भन्ने सरकारका तर्फबाट आग्रह छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ यी विधेयक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।”

उहाँले आउँदो अधिवेशनबाट पूर्ण रूपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुङ्गोमा पु¥याएर सङ्घीय संसद्को अधिवेशनमा प्रस्तुत गर्न आग्रह समेत गर्नुभयो ।

“ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन सम्बन्धी ऐन लाई समसामयिक रूपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन् ।” उहाँले भन्नुभयो–“ जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.