सल्यान दुर्घटना अपडेटः मृतकको संख्या चार पुग्यो, घाइते सात जनाको उपचार हुँदै

सल्यान- सल्यानमा भएको मिनीट्रक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । सल्यान कपुरकोटको सिनबाङमा सोमबार भएको ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारीको पनि मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते उनलाई कपुरकोट आधारभुत अस्पतालबाट तत्काल रिफर गरिएपनी दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यो सँगै मृतकको संख्या चार पुगेको छ । अन्य सात जना घाइते भएका छन् ।

सल्यानको कपुरकोट गाउँपालिका-६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरक्षक रेशम खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा रहेका छन् ।

प्रहरी निरक्षक खत्रीका अनुसार दुर्घटनामा परेको मिनीट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.