नवलपरासीमा पटका खुलेआम विक्रि वितरण

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीमा दिपावली (तिहार) नजिकिएसँगै पटका बिक्री वितरण गर्ने कार्य खुल्लमखुल्ला भईरहेको छ । पटका, भुईचम्पा लगायत विस्फोटक पर्दाथ पड्काउन र विक्रि वितरण गर्न प्रतिबन्ध भएपनि जिल्लाका विभिन्न स्थानमा यसको खुलेआम विक्रि वितरण भईरहेको छ ।

जिल्लाको भारतसँगको मुख्य भन्सार नाका महेसपुर भन्सार नजिकको बजार क्षेत्रमा प्रहरीकै अगाडी विभिन्न प्रकारका पट्का विक्रि वितरण भईरहेपनि प्रहरीले प्रशासनले भने नियन्त्रणमा चासो दिएको छैन् ।

अहिले महेसपुर भन्सार कार्यालय नजिकै प्रहरीकै अगाडी त्रिपाल टाँगेर पटका बिक्रिका लागी राखिएको छ । पट्का विक्रि वितरणमा बालबालिका समेत संलग्न रहेको पाइएको छ ।

प्रहरीले पक्राउ गर्न आएपनि केटाकेटी भनेर त्यसै छाड्ने भएकाले धेरै अभिभावकलेनै बालबालिकालाई पट्का विक्रि गर्न पसल खोलिदिने गरेको पाईएको हो ।

मुख्य भन्सार नाका महसेपुरमै पटाका पाईएपछि भारततर्फ गएर चेकजाँचको झन्झट भोग्नुभन्दा नेपालतर्फ बाटै पट्का सहितका झिरझिरे, आलुबम लगायतका विभिन्न प्रकारका कम क्षमताका विस्फोटक पर्दाथ धेरैले खरिद गर्ने गरेका छन् ।

महेसपुर क्षेत्र मात्र होईन् जिल्लाका अन्य सिमावर्ती साना बजार क्षेत्रमा पनि पटकाको विक्रि खुलेआम भईरहेको छ । पट्का जथाभावि पड्काउने क्रम पनि बढ्दै गएपनि यसको नियन्त्रण तर्फ पनि प्रहरीले ध्यान दिने गरेको छैन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमै रहेकाले प्रहरीले निगरानी गरिरहेको बताउनुभयो । एसपी फुयाँलले हल्काफुल्का पटका विक्रि वितरण तथा प्रयोगमा प्रहरीले खासै कडाई नगरेको बताउनुभयो ।

चाडपर्वमा रमाइलोका लागि भन्दै पड्काईने पटकाका कारण आगलागी तथा अंगभंग समेत जोखिम हुने गर्दछ । कानुनतः पनि यो कार्य बर्जित छ ।

पट्का लगायत विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.