हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन
काठमाडौँ – सरकारले प्रहरी नायव महानिरीक्षक किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरेको छ ।
मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले प्रहरी नायव महानिरीक्षक किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा पदस्थापन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनु भयो । उहाँकाअनुसार सरकारले प्राविधिक स्वास्थ्य समूहतर्फ प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजूलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगन्ज पदस्थापन गरेको छ ।
उहाँले भन्नुभयो, ‘प्रहरी नायव महानिरीक्षक किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूहतर्फ प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजूलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगन्ज पदस्थापन गर्ने ।
हरिप्रसाद रिजाल, प्युठानको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको छ ।’
सरकारले हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्