माटो बिना खेती प्रविधिः दाङका एक युवाद्वारा कृत्रिम तरीकाबाट केसर उत्पादन
दाङ- कृषि विषयमा भारतबाट स्नातक गरेका एक युवाले दाङमा व्यवसायिक रूपमै केसर खेती सुरु गरेका छन् ।
बन्द कोठाभित्र कृत्रिम तरिकाले केशरका लागी आवश्यक प्रकाश र तापक्रम तयार गरि माटो बिनै केसर उत्पादन सुरु गरेका ती युवाले तीन महिनाभित्रै उत्पादन लिन थालिसकेका छन् ।
भारतको पञ्जाबमा बाली विज्ञानमा स्नातक तह अध्ययन गरेका २७ वर्षीय विवेक अधिकारीले घोराही उपमहानगरपालिका-१० नारायणपुरमा सनराइज कृषि फार्म स्थापना गरेर बहुमूल्य जडिबुटी केशरको व्यवसायिक उत्पादनमा सुरु गर्नु भएको हो ।
तीन महिना अगाडि कस्मिरबाटै मोग्रा जातको केसरको बिउ ल्याएर कस्मिरकै वातावरणमा केसर उत्पादन गर्नु भएको छ ।
यसका लागी उहाँले आफ्नै घरको छतमा १६-१६ को बाहिरी वातावरणले असर नगर्ने कोठा तयार गर्नुभएको छ । त्यही कोठा भित्र विद्युत्बाट केसरलाई उपयुक्त हुने कस्मिरकै हावापानी र प्रकाशको तापक्रम व्यवस्थापन गर्नुभएको छ ।
अहिले यी फूलबाट करिब ४ सय ग्राम केसर उत्पादन भैसकेको विवेक अधिकारी बताउनु हुन्छ । केसर खेती गर्ने व्यवसायी नेपालमा केसरको माग अनुसार उत्पादन अत्यन्त कम हुने गरेको र व्यवसायिक रुपमा खेती गर्दा राम्रो आम्दानी लिन सकिने भएकाले केशर खेती सुरु गरेको अधिकारी बताउनु हुन्छ ।
अधिकारीले आफ्नो उत्पादनलाई ब्रान्डिङ गरेर बिक्री गर्ने योजना बनाउनु भएको छ । बाइट, विवेक अधिकारी, केसर खेती गर्ने व्यवसायी जुम्ला, हुम्ला लगायतका पहाडी तथा हिमाली जिल्लामा केहिले वाहिरि वातावरणमा केसर खेती गरे पनि एरोपेनिक विधिमा केसर उत्पादन गर्ने नेपालमै आफू पहिलो भएको अधिकारीको भनाई छ ।
शक्तिवर्धक जडिबुटीको रुपमा रहेको केसरको बजार मूल्य प्रतिकेजी आठदेखि दश लाख रुपैयाँ रहेको अधिकारी बताउनु हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्