आहा ! पहेंलपुर धान फाँट

 

म्याग्दी –  हिमाली जिल्ला म्याग्दीका किसानलाई यती बेला धान भित्र्याउन टिपाटिप भएको छ । यति बेला किसानको खेतका गराभरि पाकेको पहेंलपुर धान झुलेको छ । किसानहरू खास गरी मुख्य बाली धान भित्र्याउने काममा व्यस्त देखिन्छन् । गाउँघरका खेतहरूमा धान पाकेर पहेंलपुर भएको छ । मंगला गाउँपालिका वडा ५ को पिपलबोट, खरपानी र छिस्बाङ फाँट यती बेला धान झुलेर चिटिक्क देखिएको छ ।

जिल्लाको माथिल्लो भेगका किसानहरू धान बाली भित्र्याएर कोदो काट्न र गहुँ, जौ, उवा छर्न लागेका छन् । यसपालि मौसम अनुकूल भएका कारण बाली भित्र्याउन सजिलो भएकाले आफूहरू उत्साहित भएर गाउँका किसान धान भित्र्याउनमा व्यक्त भएको मंगला गाउँपालिका ५ कुर्सिम्ला पाखुका जगत बानियाँले बताउनुभयो ।

म्याग्दी जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये यस वर्ष ३ हजार ८ सय ६ हेक्टरमा धान खेती लगाइएको छ भने धानको उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि प्राविधिकहरू बताउँछन् ।

गएको वर्षमा पनि ३ हजार ८ सय ६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा कुल १२ हजार ९ सय ७८ मेट्रिक टन उत्पादन भई ३ दशमलव ४१ प्रति हेक्टर मेट्रिक टन उत्पादकत्व रहेको थियो । यस पटक मौसम अनुकूल भएको कारणले किसानहरूले अधिकांश ठाउँमा असार महिनामा नै धान रोपाइँ गरेको हुँदा धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.