व्यवस्थासँगै नेपाल र नेपालीको अवस्थामा पनि परिवर्तन आएको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ – उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थासँगै नेपाल र नेपालीको अवस्थामा पनि परिवर्तन आएको बताउनुभएको छ । राजनीतिक परिवर्तनको इतिहास र उपलब्धिलाई सबैले मनन गर्नुपर्छ भन्दै उहाँले देशको सञ्चार, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा विकास भएका सेवा र संरचनाले नै परिवर्तनको आभास दिने स्पष्ट पार्नुभयो । नेपाल टेलिभिजन कर्मचारी संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले सार्वजनिक सेवा प्रसारण पीएसवी कार्यान्वयनका क्रममा समस्या आए संशोधनको अवसर पनि रहने भन्दै अधिकार सँगै जिम्मेवारी वहन गर्न पनि आग्रह गर्नुभयो ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जङ्ग शाहले पिएसवी महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै कर्मचारी हकहित र संस्थाको श्रीबृद्धीका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङले सार्वजनिक सेवा प्रसारणमा जाँदै गर्दा कर्मचारीहरू अन्यायमा नपर्ने र समस्यालाई न्यायोचितरुपमा सम्बोधन गर्ने गरी काम गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका नायव महाप्रबन्धक विष्णुराम न्यौपाने, निमित्त नायव महाप्रबन्धक एवं सञ्चालक समिति सदस्य आरती चटौत र निमित्त नायव महाप्रबन्धक चिन्तामणि बरालले सार्वजनिक सेवा प्रसारण एनटिभीकर्मी र राष्ट्रिय हित अनुकूल हुने गरी अगाडी बढाउनु पर्ने बताउनुभयो ।

नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोपाल दाहाल र कर्मचारी युनियनका अध्यक्ष भोजबहादुर विक र नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका उपाध्यक्ष दीपक समीरले वृत्ति विकास र लामो समय काम गरेका कर्मचारीका पक्षमा निर्णय गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.