तिहारमा गुल्मीमा झिनिया रोटीको माग बढ्दो

गुल्मी- गुल्मीमा तिहारसँगै झिनीया रोटीको व्यापार राम्रो बन्दै जान थालेको छ । जिल्लाको तम्घास क्षेत्रका नेवार समुदायले झिनिया रोटी बनाएर राम्रो आम्दानी गर्दै आएका छन् ।

तम्घास बजार झिनिया रोटीका लागि प्रख्यात पनि रहेको छ । चाडपर्वहरुको आगमनसँगै बजारभरी झिलीमीली झिनिया रोटी देख्न सकिन्छ ।

तम्घास बजारमा प्रशस्तै बजारभरी सुकाईएको रुपमा देख्न सकिने झिनीया रोटी बिशेष गरी दीपावली तिहार पर्वमा बढी प्रयोग गर्ने गरिन्छ । सानो लगानीबाट आफ्नो घरमा फुर्सदको समयमा उत्पादन गर्न सकिने भएकाले झिनिया रोटीको व्यापारप्रति आर्कषण बढेको व्यायपारीहरु बताउछन् ।

तिहारमा आफ्ना दाजुभाईहरुलाई टिका लगाएपछि मिठा मिठा परिकार खुवाउने मध्ये झिनिया रोटी उत्तम मानिने प्रचलन रहेको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारमा तिहार पर्वलाई लक्षित गरेर झिनिया रोटीको व्यापार राम्रो हुने गरेको छ ।

यतिबेला झिनिया बनाउने र बिक्री गर्ने व्यवसायीलाई भ्याइ नभ्याइ रहेको छ । अन्य समयमा भन्दा तिहारमा झिनिया रोटीको बिक्री धेरै हुने गरेको झिनिया रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी यमकुमारी श्रेष्ठले बताउनुभयो ।

झिनिया रोटी पुजाआज, खाजा, पाहुनाहरुको स्वागत सत्कारको लागि छिटो छरितो तयार गरि खाजाको रुपमा प्रयोग गर्न सकिने हुँदा झिनिया रोटी हरेक हिसाबले राम्रो मानिन्छ ।

चाडपर्वमा मात्र खपत हुने झिनिया बाह्रै महिना राम्रो व्यापार हुने गरेको समेत तम्घास बजारको पुतली बजारमा झिनिया रोटीको व्यवसाय गर्दै आएका बिक्रम श्रेष्ठले बताउनुभयो ।

झिनिया रोटीको राम्रो व्यापार हुने भएपछि कतिपयले वषौंदेखि यसैलाई नै प्रमुख पेसा बनाएर बिक्री गर्दै आएका श्रेष्ठको भनाइ छ । झिनिया रोटी बेचेरै परिवार खर्च चलाउदै आएको उहाँले बताउनुभयो ।

झिनियाको माग बढ्न थालेपछि हाल बजारका पसल–पसलमा झिनिया व्यवसाय गर्नेहरुको संख्यामा बृद्धि हुन थालेको छ । यसबाट राम्रो जिवीकोपार्जन सकिने सम्भवना देखेपछि झिनिया व्यवसायतर्फ धेरैको आकर्षण बढ्दो छ ।

बार्षिक रुपमा समग्र गुल्मी तम्घास बजारबाट लाखौं रुपियाको झिनिया रोटि बिक्रि हुने गरेको छ । तम्घास बजार झिनिया रोटीको प्रति दर्जन होलसेल १ सयदेखि फुटकर १ सय ५० देखि २ सयसम्म साइज हेरिकन बिक्री हुने गरेको छ ।

यहाँ उत्पादित झिनिया रोटी गुल्मी अर्घाखाँची, पाल्पा, बुटवल बाग्लुङ्ग लगायतका विभिन्न स्थानीय बजार बिक्री गर्ने गरेका छन् । तिहार नजिएसँगै पसल-पसलमा झिनिया रोटी किन्ने ग्राहकहरुको घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.