पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गर्नेलाई तीन वर्ष कैद

काठमाडौँ – पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्ने भएको छ ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था रहेकोनेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई कानुनी व्यवस्था अनुसार काराही हुने उल्लेख गर्नुभयो ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले पटकाजन्य पदार्थको अवैधरुपमा हुने ओसारपसार नियन्त्रणका लागि सीमानाका तथा राजमार्गहरुमा चेकजाँच भइरहेको जानकारी दिनुभएको छ ।

पटाका जस्ता पदार्थबाट धनजनको क्षति हुन सक्ने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा कडाई गरिएको हो ।

गत मंगलबार मात्रै दीपावलीको पटाका पड्काउँदा दैलेखको आठबिस नगरपालिका–३ साई गाउँका १३ वर्षीय बालक भूपेन्द्र कठायतको ज्यान गएको छ ।

पटका प्रयोगका कारण बालबालिका घाइते हुने, वृद्धवृद्धाको मुटु हल्लिने, कानमा असर पर्ने लगायतका घटना बढी हुने गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.