बजार चलायमान र मौलिक संस्कृतिक जोगाउन बुटवलको अमर पथमा दीपावली महोत्सव

बुटवल- नेपालीहरूको महान् पर्व तिहारको अवसरमा बुटवलमा १४ औँ दीपावली महोत्सव सुरु भएको छ। अमर पथ व्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्य बजार अमर पथमा तीन दिने दीपावली महोत्सव २०८१ सुरु भएको हो।

बुटवलको खस्किँदै गएको बजारमा चहलपहल बढाउन र दीपावलीको मौलिक संस्कृतिक जगेर्ना गर्नका लागि महोत्सव आयोजना गरिएको महोत्सव आयोजक अमर पथ टोल ब्यवसायी समितिले जनाएको छ।

महोत्सवको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास सबैको साझा विषय भएको बताउँदै नगरपालिकाले सबैसँग सहकार्य गर्ने बताउनुभयो। उहाँले पश्चिम नेपालकै ऐतिहासिक बुटवल बजारलाई चलायमान गराउन ब्यवसायीहरु संग मिलेर काम गर्न उपमानगरपालिका तयार रहेको बताउनुभयो । के गर्दा व्यवसायीको संरक्षण हुन्छ र बजार चलायमान हुन्छ भन्ने योजना लिएर आउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो।

चलनचल्तीमा हुँदै आएको व्यापार व्यवसायलाई आधुनिक परिवेशअनुसार परिमार्जित गरेर अगाडि बढ्न पनि उहाँले सुझाव दिनुभयो।

कार्यक्रममा समितिका अध्यक्ष रामकुमार रणपालले बुटवलको खस्किँदो व्यापारलाई उठाउन बुटवलको मुख्य बजार अमर पथमा दीपावली महोत्सव आयोजना गरिएको भन्दै सहयोग र सहभागिताको लागि अनुरोध गर्नुभयो। खुला सीमा,पार्किङ अभाव र घर भाडा महँगो हुँदा अमर पथका व्यवसायीहरू विस्थापित हुन थालेको भन्दै उहाँलेसमस्यासमाधानका लागि सरोकारवालाहरुलाइ आग्रह गर्नुभयो।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले केही समयदेखि बेलिया नाका खुकुलो हुँदा ब्यवसायीका समस्या थपिँदै गएको बताउनु भयो । सवै पक्ष मिलेर व्यवसायीका समस्याको समाधान गर्नुको विकल्प नभएको बताउँदै अध्यक्ष अर्यालले ब्यवसायीहरुको संरक्षणमा बुटवल उद्योग वाणिज्य सङ्घले   नेतृत्वदायी भूमिका खेलिरहेको पनि बताउनुभयो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दीपावली महोत्सव मात्रै नभएर देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउन आग्रह गर्दै बुटवलको व्यावसायिक विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

अमर पथ महोत्सव तथा टोल ब्यवसायी समितिका संस्थापक अध्यक्ष राजेन्द्र ध्वजूले आर्थिक मन्दी लगायतका कारणले आफूहरू विस्थापित हुन लागेको बताउँदै यो ऐतिहासिक बजार विस्थापित हुनबाट रोक्न आग्रह गर्नुभयो कला संकृतिलाई संरक्षण गर्न दिपावली महोत्सव आयोजना गरिएको  उहाँले बताउनुभयो।

समितिका पुर्व अध्यक्ष गोकुल विश्वकर्माले १४ औँ अमर पथ दीपावली महोत्सवमा सांस्कृतिक कार्यक्रमसहित सामानमा २० प्रतिशतसम्मको  छुट दिइने बताउनुभयो।

महोत्सव तीन दिन सम्म सञ्चालन हुने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.