सम्राट सिमेन्टको डिजल भण्डारणमा आगलागी
दाङ- लमही नगरपालिका -७ स्थित सम्राट सिमेन्ट कम्पनीको डिजल भण्डारणमा आगलागी भएको छ । आइतबार बिहान सवा सात बजेको समयमा एक्कासि आगलागी भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।
आगलागीबाट तेल भण्डारणमा क्षति पुगेको छ भने आगोलाई लमही नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार २४ हजार लिटर फर्निस आयल नष्ट भएको छ भने दुई वटा ट्यांकीमा पनि क्षति पुगेको छ ।
तापक्रम तलमाथि हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । तेलको ट्यांकीमार्फत सिधै जेनेरेटरमा जडान गरिएकाले प्राविधिक त्रुटिका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्