रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको भीड
काठमाडौँ- तिहारको भाइटीकाको दिन मात्र खल्ला हुने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने आज भीड लागेको छ ।
दिदीबहिनी नहुनेहरू रानीपोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिरमा दर्शन र टिका लगाउन जाने गर्दछन् ।
आज बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरुलाई भाइटीका लगाउने व्यवस्था गरिएको थियो ।
दिदीबहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाउने प्रचलन रहेको छ ।
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्