मन्थलीबाट लुक्लाको लागि चारदिनदेखि जहाज उड्न नसक्दा यात्रुहरु अलपत्र
रामेछाप- रामेछापको मन्थली बिमानस्थलबाट लुक्लातर्फ जाने जहाजहरुले आज चौँथो दिन पनि नियमित उडान भर्न सकेनन्।
नियमित उडान हुन नसक्दा ४ दिनदेखि मन्थली बिमानस्थलमा पर्यटकहरु अलपत्र परेका छन् ।
मौसमको खराबीका कारण आइतबार बिहानैदेखि नै नियमित उडान हुन नसकेपछि विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरु बिगत चार दिनदेखि मन्थली बिमानस्थलमा अलपत्र परेर बसेका हुन् ।
काठमाण्डौँबाट स्थलमार्ग हुँदै जहाज चढ्नका लागि पर्यटकहरु मन्थली बिमानस्थल आउने गरेका छन् ।
मन्थलीबाट सिता एयर, समिट एयर र तारा एयरले लुक्लाको लागि उडान भर्दै आएका छन् ।
आज लुक्ला र मन्थलीमा पनि मौसम खराब भएका कारण बिहानैदेखि जहाज उड्न नसकेको सिता एयरका कर्मचारी प्रविन सुवेदीले बताए ।
नियमित उडान नहुँदा आफुहरु समस्यामा परेको पर्यटकहरुको गुनासो छ।
मन्थली बिमानस्थलमा बिहीबार विहानैदेखि पर्यटहरु भरिभराउ छन् ।
रामेछापको मन्थलीबाट लुक्लाको लागि दैनिक ६० देखि ७० भन्दा बढी उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्