इजरायलका लागि नेपाली राजदूतमा धनप्रसाद पण्डित नियुक्त
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका उपसचिव एवम् सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार संविधानको धारा २८२ उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्