ह्वाइट हाउसमा ट्रम्पको दोस्रो कार्यकाल
अमेरिकाको आप्रवास र आर्थिक नीतिसँगै विश्वकै राजनीति नयाँ धारमा बहने विश्लेषण
काठमााडौँ- अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा विजयी हुनुभएपछि रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले आफूले अभूतपूर्व र बलियो जनादेश पाएको बताउनुभएको छ ।
राष्ट्रपति पदका अर्का प्रत्यासी डेमोक्रयाटिक पार्टीकी नेतृ कमला ह्यारिसलाई भारी सिट अन्तरले पराजित गर्दै पूर्व राष्ट्रपतिसमेत रहनुभएका ट्रम्प दोस्रो पटक ह्वाइट हाउस प्रवेश गर्दै हुनुहुन्छ ।
ह्वाइट हाउसमा ट्रम्पको दोस्रो कार्यकालले अमेरिकाको आप्रवास र आर्थिक नीतिसँगै विश्वकै राजनीति नयाँ धारमा बहने विश्लेषण गर्नथालिएको छ ।
प्रतिक्रिया राख्नुहोस्