विदेशी वायुसेवा कम्पनीको उडान कटौतीसंगै दोब्बरभन्दा बढीले बढ्यो हवाई भाडा

वैदेशिक रोजगारीमा जाने श्रमिक प्रत्यक्ष मारमा

काठमाडौँ – त्रिभुवन विमानस्थल कार्यालयले धावनमार्ग विस्तारका लागि विमानस्थल सञ्चालन समय १० घण्टा घटाइएपछि विदेशी वायुसेवा कम्पनीको उडान कटौतीसंगै भाडा पनि दोब्बरभन्दा बढी भएको छ ।

भाडा वृद्धि भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् ।

दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका गन्तव्यको हवाई भाडा अत्यधिक बढेको छ । त्यसको प्रत्यक्ष मार नेपाली श्रमिकमा परेको हो ।

खाडी तथा मलेसियाका लागि सामान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित टिकट उपलब्ध हुदै आएकोमा अहिले यो टिकटको मूल्य ७० देखि ९० हजार रुपैयाँ रहेको श्रमिकहरूको गुनासो छ । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै बिदेसिने गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.