सार्वजनिक प्रसारण संस्था(पिएसवी) ऐन कार्यान्वयन
काठमाडौँ – नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्ने सम्बन्धी ऐन आजदेखि कार्यान्वयनमा आएको छ ।
ऐन प्रमाणिकरण भएको ३१ औं दिनदेखि कार्यान्वयनमा आउने कानुनी व्यवस्था बमोजिम आजदेखि नयाँ ऐन कार्यान्वयमा आएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण ऐन २०८१ गत असोज २२ गते प्रमाणिकरण गर्नुभएको थियो ।
नयाँ ऐन कार्यान्वयनमा आएसँगै नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गर्नका लागि प्रकृया अघि बढाउन बाटो खुलेको छ ।
सार्वजनिक प्रसारण संस्थाको संचालक समिति एक वर्षभित्र गठन हुने र सो समिति गठन नहुँदासम्म दुबै संस्थाका संचालक समितिले यथावत काम गर्ने व्यवस्था नयाँ ऐनमा रहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्