ट्रम्पव्दारा ह्वाइट हाउसको प्रमुख कर्मचारीका रुपमा सुसी वेल्सलाई नियुक्त
एजेन्सी – अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा शपथ गर्नु अघि छुट्टै सहयोगी समूह निर्माणमा जुट्नु भएको छ । ट्रम्पले ह्वाइट हाउसको प्रमुख कर्मचारीका रुपमा सुसी वेल्सलाई नियुक्त गर्नुभएको छ ।
ट्रम्पको चुनावी अभियानमा प्रमुख सल्लाहकारका रुपमा रहनु भएको सुसीलाई ह्वाइट हाउसको चिफ अफ स्टाफका रुपमा नियुक्त गरिएको हो ।
दोस्रो पटक ह्वाइट हाउसमा प्रवेश गर्नुभएका ट्रम्प आप्रवासी प्रति कडा रुपमा प्रस्तुत हुने संकेत गरिसक्नु भएको छ । उहाँले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्ने मानिसहरुलाई सामूहिक रुपमा देश निकाला गर्ने बाहेक अर्को विकल्प नभएको बताएनु भएको छ ।
अमेरिकाको सम्बन्ध राम्रो नभएका मुलुकहरुसँग ट्रम्पले सम्बन्ध सुधार गर्ने अपेक्षा समेत रहेको छ । ट्रम्प निर्वाचित भएकोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बधाई दिनुभएको छ । आगामी जनवरी ६ मा शपथ लिएसँगै ट्रम्पको राष्ट्रपतिका रुपमा दोस्रो कार्यकाल शुरु गर्नुहुनेछ ।।
प्रतिक्रिया राख्नुहोस्