सीमा नदिमा संरचना बनाउँदा दुवै देशबिच आपसी समझदारी कायम गरिने

 दार्चुला – शुक्रवार धार्चुला स्थित एसडीएम कार्यालयमा नेपाल र भारतका जिल्ला अधिकारीहरुसँग छलफल भएको छ ।भारतीय पक्षले महाकाली नगरपालिका वडा नम्बर ५ नमस्कार पारी भारतीय आर्मी क्याम्प गलाती नजिक  तटबन्ध निर्माण गरेपछि नेपालको तर्फबाट भारतीय पक्षलाई पत्राचार गरिएको थियो । साही विषयमा छलफल गर्न बसेको बैठकमा नेपाल तर्फ कुनै क्षति नहुने गरी काम गर्ने र काम सक्ने वितिक्कै नदि डाइभर्षन हटाउन भारतीय पक्ष सहमत भएको छ ।

भारतीय निर्माण कम्पनीले सो स्थानमा  कुल अढाई किलोमिटर लम्बाइका चार वटा तटबन्ध निर्माणको काम गरिरहेको छ । झन्डै ७० करोड भारुकाे लागत रहेको उक्त तटबन्ध निर्माण कार्यकाे जिम्मा अरुण कम्पनी, विष्ट कन्स्ट्रक्सन र धामी कन्स्ट्रक्सनले पाएको छ । निर्माण कार्य सिचाइ विभाग धारचुला अन्तरगत सञ्चालन भइरहेको छ । ४ मिटर चौडाइ र १५ मिटर उचाइ रहेको मेसिनरी बाल निर्माण गरिन लागेको ।

बैठकमा नेपालको तर्फबाट जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाली सेनाका मेजर बुद्ध देवकोटा, प्रहरी प्रमुख प्रकाश दाहाल लगायतकाको उपस्थिति रहेको थियो भने भारतीय पक्षबाट डिएम सरदार मञ्जीर सिंह, आइटी कनेल मोहन चन्द्र, सिचाइ विभाग प्रमुख प्रमोद मिश्र, भारतीय प्रहरी धारचुलाका विजय शाह लगायत अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.