पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको टोड्के
म्याग्दी– उत्तर–पश्चिम क्षेत्रमा अवस्थित म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिका, मङ्गला र रघुगंगा गाउँपालिकाको सङ्गम स्थलमा पर्ने टोड्के पछिल्लो समय पर्यटकीय गन्तव्यको क्षेत्र बन्दै जान थालेको हो ।
समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र टोड्कमा खास गरी आन्तरिक पर्यटकहरूको आगमनमा वृद्धि हुँदै गइरहेको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । टोड्के क्षेत्र भ्रमण गर्ने पर्यटकहरूलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिपोर्ट निर्माण भएपछि पछिल्लो पटक टोड्के क्षेत्रको भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
टोड्केमा स्थानीयवासीले सामूहिक लगानीमा सामुदायिक रिपोर्ट निर्माण गरी सञ्चालनमा ल्याएपछि अहिले पर्यटकहरूको चहलपहल बढेको स्थानीयले बताएका छन् । पर्यटकीय क्षेत्र टोड्केमा टोड्के हिल रिपोर्ट प्रा ।लि द्वारा आधुनिक सुविधा सम्पन्न सामुदायिक रिपोर्ट सञ्चालन गरेपछि विगतको तुलनामा भन्दा पछिल्लो पटक टोड्के भ्रमण गर्ने पर्यटकको आगमनमा वृद्धि हुँदै गएको जनाइएको छ । टोड्केको भ्रमण गर्नका लागि म्याग्दीसहित बागलुङ, पर्वत, पोखरा, काठमाडौँलगायत जिल्लाबाट पर्यटकहरू पुग्ने गरेका छन् ।
पर्यटकीय क्षेत्र टोड्केको भ्रमण तथा रिसोर्टमा बास बस्न आउने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय उत्पादन मुलाको चटनी, कोदो र फापरको ढिँडो, चरेला, हलहले, लोकल कुखुराको मासुलगायत अर्ग्यानिक खाना खुवाउने गरिएको टोड्के हिल रिपोर्ट प्रा ।लिका व्यवस्थापक श्रीजल गिरीले जानकारी दिनुभयो । टोड्केको भ्रमण गर्न विदेशी मुलुकहरू जर्मन, जापान, इटाली, अमेरिका र भारतबाट पर्यटकहरू आउने गरेका छन् । व्यस्त जीवनको तनावबाट मुक्त हुन, मनोरञ्जन लिन, पारिवारिक घुमघाम गर्न र हरियाली डाँडाकाँडासहित मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न तथा भ्रमणका लागि पर्यटकहरू टोड्के जाने गर्दछन् ।
टोड्केमा प्रा ।लि मार्फत निर्माण गरिएको सामुदायिक रिसोर्टमा ९ जना संस्थापकसहित ३३ जनाले साढे तीन करोड रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । अहिले पर्यटकलाई लक्षित गरेर प्रा ।लिद्वारा टोड्केमा हाईअल्टिच्युड प्ले–ग्राउन्ड निर्माणाधीन अवस्थामा रहेको छ भने यसको साथै वनस्पति उद्यान केन्द्र, हरियाली पार्क निर्माण तथा कृषि खेती गर्नेतर्फ जोड दिइएको छ । प्रा ।लि मार्फत पर्यटन प्रवर्द्धन गर्नको लागि कृषि, जडीबुटी, पशुपालनलगायत क्षेत्रलाई विशेष तरिकाले जोड दिइएको प्रा ।लिका संस्थापक÷सञ्चालक भीम शेरचनले बताउनुभयो ।
पर्यटकलाई लक्षित गरेर बनाइएको सामुदायिक रिसोर्टमा सुविधा सम्पन्न ११ ओटा कोठा रहेको छ । बेनी–अर्थुङ्गे–पुला चौर–चिप्लेटी–डडुवा–पूर्ण गाउँ र बेनी–घतान–पात्लेखेत–झीँ तथा बेनी–बाबियाचौर–कुहुँ हुँदै पूर्ण गाउँ भएर टोड्के पुगेर रमाउन सकिन्छ । पर्यटकीय क्षेत्र टोड्केको भ्रमण गर्न पाउँदा आनन्दको अनुभूति मिल्ने गरेको त्यहाँ पुग्ने पर्यटकहरूले अनुभव सुनाउने गर्दछन् ।
टोड्केबाट धौलागिरि र अन्नपूर्ण रेन्जका अधिकांश हिमालहरूसहित माना पाथी, पुतली, निलगिरी, माछापुच्छ्रे, चुरेन लगायत हिमशृङ्खलाहरू देखिन्छन् । टोड्केको धुरीबाट म्याग्दी जिल्लाको अधिकांश भू–भागसहित हिमालपारिको जिल्ला मुस्ताङ तथा पर्वत र बागलुङको डाँडाकाँडाहरू समेत देखिन्छ । डाँडाकाँडाको आकर्षक दृश्यका साथै वन जङ्गलमा चराचुरुङ्गी र वन्यजन्तु जनावरलाई पनि देख्न पाइने टोड्केको थप विशेषता हो ।
यहाँबाट बिहान सबेरैको सूर्योदय र बेलुकाको सूर्यास्त मज्जाले हेर्न पाइन्छ । पुस, माघमा पर्ने हिउँ र फागुनदेखि वैशाख महिनासम्म टोड्केका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले समेत पर्यटकहरूलाई खुब लोभ्याउने गर्दछ । टोड्के वनभोजका लागि पनि उपयुक्त गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।
प्रतिक्रिया राख्नुहोस्