देशमा सुशासनका लागि पनि पुजापाठ

 काठमाडौँ- विश्व कल्याण र शान्तिको कामना गर्दै काठमाण्डौको भृकुटीमण्डपमा ‘अतिरुद्र विश्व कल्याण विराट् महायज्ञ’ आयोजना गरिएको छ ।

महायज्ञमा एक हजार एक सय ११ आचार्य तथा वटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी हुनुभएको छ ।

महायज्ञसँगै ‘वैदिक विज्ञान र आधुनिक विज्ञान’ अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन पनि सञ्चालन जारी छ । महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सवको अवसर पारेर गरिएको महायज्ञ तथा सम्मेलनमा आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनी पनि आयोजना गरिएको छ ।

विश्वभर वैदिक परम्पराको प्रवद्र्धन तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाको चिरशान्तिको उद्देश्यका साथ आयोजित महायज्ञमा देशमा सुशासनका लागि पनि पुजापाठ भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.