भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी: राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताउनुभएको छ ।

शनिवार काठमाडौँमा गणेशमान सिंहको ११० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताउनु भयो । उहाँले मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने र यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रमहरू तय गरी लागू गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो । लोकतन्त्रको यही आलोकलाई अङ्गीकार गर्दै हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन । मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता हो । त्यसको लागि मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसङ्गति हटाउन जरुरी छ । अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रमहरू तय गरी लागू गर्नुपर्छ । सुशासन र विकास त्यसको आधार हो भन्ने मलाई लाग्छ ।’

राष्ट्रपति पौडेलले स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.