बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुलको मर्मत सुरु

धादिङ – गत असोज महिनामा तिन दिनसम्म परेको अविरल वर्षासंगै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको झोलुङ्गे  पुलको  मर्मत सुरु भएको छ ।

विशेष गरी त्रिशूली नदी पारीका बस्तीहरूलाई धादिङको पृथ्वी राजमार्गसंग जोड्नका लागी भत्किएका झोलुङ्गे पुलहरूको मर्मत कार्य सुरु गरेको हो । तर  गण्डकी गाउँपालिकाका स्थानीयले भने हरेक वर्ष बाढीका  कारण पुलहरूमा क्षति पुग्ने गरेकोले मर्मत मात्रै होइन नयाँ पुल निर्माणको माग गरेका छन् । यसो त पक्की मोटरएवल  पुलको माग समेत गण्डकी गाउँपालिकाका स्थानीयको छ ।

धादिङ र गोर्खा जिल्लालाई सहजै सडक सञ्जालमा  जोड्नका लागी निर्माण गरेको यस्ता झोलुङ्गे पुलहरू भत्किँदा, विशेष गरी गोर्खाको गण्डकी गाउँपालिकाका सयौँ घर परिवारले त्रिशूली नदी वारपारमा निकै सास्ती खेप्नु परेको  छ ।

अहिले गोर्खाको गण्डकी गाउँपालिका स्थित धावडीघाट र धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका बासिन्दा त्रिशूली नदी तर्नका लागी धावडीघाटमा भत्किएको पुल मर्मत कार्य सुरु गरसएको हो ।

गण्डकी गाउँपालिकाकै भुम्ली चोक र धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका  तिक्राङ् खानीमा भने बाँस राखेर मानिसहरू  वारपार  गर्न मिल्ने बनाइ सकिएको छ ।

निर्वाचनका बेला पनि गण्डकी गाउँपालिकाको सो स्थानमा पक्की मोटरएवल पुल निर्माणको मुघ्दालाई प्रमुख एजेन्डा बनाउँदै विभिन्न राजनीतिक दलका नेताहरूले  स्थानीयसंग मत माग्ने गरेको बताउँदै निर्वाचन पछि त राजनीतिक दलका नेता फर्केर समेत नआउने स्थानीयको दुखेसो छ ।

अहिले सो झोलुङ्गे पुल डोलिडारको सहयोगमा दश लाख रुपैयाँको लगानीमा  मर्मत कार्य  भईरहेको छ। सो रकमले लट्ठा सोझो बनाई बाँस राखेर पुलबाट वारपार गर्न अस्थायी रूपमा मर्मत गर्न लागेको जनाइएको छ । पुल मर्मत गर्न करिब एक करोड रुपंयाँ लाग्ने अनुमान प्राविधिकहरूको छ ।

सो क्षेत्रमा मात्रै करिब चार हजार सात सय घर परिवारका मानिसहरूको बसोबास रहेको छ । त्रिशूली नदीमा आएको बाढीले धादिङलाई गोर्खाको गण्डकी गाउँपालिकासँग जोड्नका लागी राखिएको दुई झोलुङ्गे पुलमा पूर्ण रूपमा क्षति पुर्‍याएको   थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.