रास्वपा केन्द्रिय समितिको बैठक शुरु
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचनबारे छलफल हुने बताइएको छ । साथै पार्टीको साङ्गठनिक गतिविधि र सङ्घर्षका कार्यक्रमहरूबारे पनि छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेसँगै आन्दोलन गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्