निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन आवश्यक छ: प्रचण्ड
मकवानपुर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
थाहा नगरको बज्रबारहीमा भएको पत्रकार सम्मेलनमा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले निर्वाचन प्रणालीको स्वरुप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरेर देशमा स्थिरता कायम गर्नु आजको आवश्यकता रहेको बताउनु भयो ।
सहकारी ठगीको विषयमा सरकारले आफ्नो र पराईको व्यवहार नगरी ठगीको विषयमा सबै पक्षमा अनुसन्धान हुनुपर्ने बताउनु भयो ।
माओवादी सरकारबाट बाहिरिंदा आफूले काङ्ग्रेस-एमालेलाई धन्यवाद दिएको बताउँदै प्रचण्डले अब खुलेर जनतामाझ गएर आफुहरुको सरकारले गरेको उपलब्धि र अबको कार्यक्रमबारे जानकारी दिने समय मिलेको बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्