जल यात्रा पर्यटनमा आन्तरिक पर्यटकहरूको रुचि बढ्दो

 धादिङ – पछिल्लो समय त्रिशूली नदीमा जल यात्रा गर्न आउने आन्तरिक पर्यटकहरूको सङ्ख्या दैनिक जसो बढ्दै जान थालेको छ ।

विशेष गरी कोरोना महामारी पछि ठप्प जस्तै भएको जल यात्रा खुले संगै त्यस क्षेत्रको  पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको ब्यवसायीहरुको भनाई छ । यसले गर्दा जलयात्रा  पर्यटनमा विदेशी पर्यटकको मात्र भर पर्नु पर्ने अवस्थाको अन्त्य भएको छ।  आजकाल दैनिक जसो तिन सय भन्दा धेरै नेपाली पर्यटक त्रिशूली नदीमा जल यात्राको मज्जा लिन आउने गरेका छन् ।

पछिल्लो समय जल यात्राका लागी आउने विदेशी पर्यटकको सङ्ख्या पनि दिनानुदिन बढ्दै जना थालेको छ । नेपाली पर्यटकहरूको जल यात्रामा रुचि बढ्दै जाँदा अहिले  विदेशी भन्दा स्वदेशी पर्यटकले नै ढुङ्गा भरिभराउ हुने गरेको ब्यवसायीहरुको भनाइ छ ।

त्रिशूली नदी नेपालमा जल यात्राका लागी खुल्ला गरिएको नदी मध्य महत्त्वपूर्ण नदी मात्रै नभई ह्वाईट वाटर र्‍याफ्टिङ्ग लागी परिचित छ ।
यो नदी धार्मिक दृष्टिले पनि निकै महत्त्वपूर्ण नदीको रूपमा  मानिन्छ । पहिले गल्छी गाउँपालिका स्थित महेश दोभान भन्ने स्थानबाट सुरु हुने जल यात्रा आजकाल भने विशेष गरी बेनीघाटरोराङ्ग गाउँपालिकाको मालिङ्गा बाट  सुरु भई छोटो दुरीमा पन्ध्र किलोमिटर जोगी मारा र पैँतिस किलो मिटर फिस्लीङ्गसम्म गर्ने गरिन्छ ।

लामो दुरीमा धादिङको बेनीघाटदेखी चितवनको नारायणी नदीसम्म जलयात्रा हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.