म्याद थपका लागि रवि कास्की अदालतमा

पोखरा –  सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।

यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले चौथो पटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराएको हो ।

रविमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको म्याद हिजो सकिएको हो । यसअघि कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि ६ र ७ दिन गरी दुई पटक म्याद थपिएको थियो ।

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन गर्ने तयारी गरेको छ ।

रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.