पोखरिया अस्पताल केही दिनमै प्रादेशिक बन्छ ः मन्त्री गुप्ता 

पर्सा-  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरिया नगरपालिकास्थित पोखरिया अस्पताल अब केही दिनभित्रै प्रादेशिक अस्पताल बन्ने बताउनुभएको छ ।

आइतबार गोविन्दपुर हुँदै हास्वा जोड्ने सडक शिलान्यास गर्ने क्रममा उहाँले आउँदो मन्त्रिपरिषद् बैठकबाट पोखरिया अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पतालमा परिणत गर्न लागिएको जानकारी दिनुभएको हो ।

पर्साको महत्त्वपूर्ण मुकामको रूपमा रहेको पोखरिया नगरपालिकाको विकासका लागि आफू हरपल तयार रहेको बताउनुहुँदै मन्त्री गुप्ताले पोखरियामा विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको पनि जानकारी दिनुभयो । पोखरिया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधिलगायत विभिन्न दलका नेताहरूलाई एकजुट भई विकासको काम तीव्र रूपमा अगाडि बढाउन पनि मन्त्री गुप्ताले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान, उपप्रमुख रवि ठाकुरलगायत वडा अध्यक्षहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.